
३०पुस,कालीकोट । नेकपा एमाले कालीकोटमा निर्वाचनवाट नयाँ नेतृत्व चयन गरिएको छ । पुस २४ गते उद्घाटन भएको दशौँ जिल्ला अधिवेशनले सहमतीय प्रणालीवाट नयाँ नेतृत्व चयन गर्न नसकेपछि बिहवार मतदान भएको थियो । आज शुक्रवार सार्वजनिक मतपरिणाम अनुसार जसिप्रसाद पाण्डेको पुरै प्यानलै बिजयी भएको छ ।
अध्यक्षमा खाँडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेले १३६ मतान्तरले आफ्ना प्रत्यासीलाई पराजित गदै एमाले कालीकोटको अध्यक्षमा बिजयी भएका छन् । अध्यक्षमा पाण्डेले ४३३ मत प्राप्त गरेका थिए । उनका प्रत्यासी रमेश कुमार शाहीले २९७ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा दयाराम सिम्खडाले २०३ मतान्तरले आफ्ना निकट्तम प्रतिदन्दी अलिवहादुर शाहीलाई पराजित गरेका छन् । उपाध्यक्षका सिम्खडाले ३८० मत ल्याएर बिजयी भएका हुन्। उनका निकट्तम प्रतिदन्दीले १७७ मत प्राप्त गरेका थियो ।
सचिवमा पनि पाण्डे प्यानलकै टेकवहादुर वुढाले विजयी हासिल गरेका छन् । टेकवहादुर वुढाले ३४४ मता पाउदा सचिव पदका अर्का उम्मेदवार पार्वती सिहंले ३३२मत प्राप्त गरेका छन् । सहसचिवमा पाण्डे समुहकै ब्यासि तिरुवाले ३९० र मनराज शाहीले २६९ मत ल्याएर विजयी भएका हुन् । नवनिर्वाचित कमिटिलाई निर्वाचन मण्डलले आजै प्रमाणपत्रका साथ सफतग्रहण समेत गराएको छ ।



karnalipress
३० पुष २०७८, शुक्रबार १६:०२