सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ४ का २ जनामा कोरोना पुष्टि

रुकुम योगि,कालिकोट। जिल्लाको सान्नी  त्रिवेणी गाउँपालिका वडानं-४ का २ जनामा कोरोना पुष्टि भएको छ । आधारभुत स्वास्थ्य चौकी आईसोलेसनमा चेकजाँच गर्दा २ जना महिलामा कोरोना देखिएको सिअहेव दिप वहादुर रावलले जानकारी दिए।

उनका अनुसारएन्टीजेन किटवाट कोरोना परिक्षण गर्दा एक जना ३५ वर्ष र एक जना ४३ वर्षकी २ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि भएकी दुवै जना महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा सुरक्षितका साथ वस्नका लागि सुझाव दिएर पठाएको रावलले बताए।

पछिल्लो समय कोरोनाका लक्षण देखा पर्ने विरामी अस्पतालमा धेरै आउने गरेका छन । केहि समय पहिले कोरोना परिक्षण गर्ने एन्टीजेन किट नभएका कारण कोरोना चेकजाँच गर्न नसकिएको र अहिले एन्टीजेन किट उपलब्ध भएपछि कोरोनाको परिक्षण थालिएको उनको भनाई छ । यो भाईरसवाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न समेत सबैमा आग्रह गर्नुभएको छ ।