भाद्र २,कालीकाेट। संविधान सभा सदस्य माननिय तुलाराज बिष्टलाई गृह जिल्ला कालीकोटमा स्वागत गरिएको छ । गत असार ७ गते धादिङ जिल्लाको सिम्ले भन्ने स्थानमा सवारी दुर्घटनामा परि घाईते भएका बिष्ट पूर्णरुपमा सन्चो भएर गृह जिल्ला कालीकोट आएका हुन् । उनलाई कालीकोट जिल्लाबासीले मान्ममा भव्य स्वागत गरेका छन् ।
गृह जिल्ला कालीकोटबाट काठमाण्डाै जादै गर्दा अचानक सवारी दुर्घटनामा परि बिष्ट घाईते थिए । करिव एकवर्षको उपचार पछि पूर्ण रुपमा निको भएर जिल्ला आएपछि जिल्लाबासीले उनलाई सम्मान सहित स्वागत गरेका हुन् ।
ठुलो सवारी दुर्घटनामा परि मृत्युलाई जितेर गृह जिल्ला पुगेका बिष्टलाई बाजागाजा सहित जिरोप्वाईन्टबाट उनको निवाससम्म पु¥याइएको छ । नेपालको संविधान निमार्णमा महत्वपूर्ण भुमिका निर्वाह गरेका बिष्टले कालीकोटको विकासका लागि ठुलो योगदान पु¥याएका छन् । राष्ट्रिय प्रशारण लाईनसंग जिल्लाको विकासका लागि बिष्टको योगदान उच्च रहेको छ ।
karnalipress
२ भाद्र २०७८, बुधबार १७:३८