स्टेचरमै नवजात शिशुको जन्म

साउन ३, कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको स्वास्थ्य चौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा स्वास्थ्य चौकी बन्द भएको हो ।

‘गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाए छ दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो । एक हप्तादेखि स्वास्थ्यचौकी बन्द छ । स्वास्थ्य चौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ स्थानीय रामबहादुर बटालाले गुनासो गरे’

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै नवशिशुको जन्म दिएकि छन् । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिए ‘दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ । करार कर्मचारी हटाइएको छ । उनले भने, ‘यसकारण सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो ।’

अहिले छोरीको जन्म दिएकी छन । आमा र वच्चाको अवस्था राम्रो छ । २४ घण्टा स्वास्थ्य चौकीमै राख्न भनेको आफन्तले बताएका छन् ।

नरहरीनाथ गाउँपालिकामा स्वास्थ्यका मात्र ५४ जना कर्मचारी छन । उनिहरु सबैको रोजगारी खोसिएको छ । यस्तै जिल्लाको शुभकालिका गाउँपालिकाले पनि सबै करार कर्मचारीलाई हाजिर नहुन भनेपछि त्यहाँका स्वास्थ्य सस्थाहरुपनि पुरै खाली भएका छन ।

स्वास्थ्यका ३४ जना शिक्षाका ६२ र प्रशासन तर्फ र कार्यालय सहयोगी २४ जना गरी १२० जना करार कर्मचारीको रोजगारी खोसिएको छ । बिद्यालय बन्द भएकाले खासै प्रभाव पर्ने छैन । तर स्वास्थ्य सस्था र प्रशासन फाटका काम भने वन्द हुने छन्।