सान्नित्रिवेणीकाे घाेषणा : रकु-मुम्रा सडक ट्रयाक पहिलाे प्राथमिकता

जेठ १०,कालिकोट। सान्नित्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी र उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले रकु र मुम्रा जोड्ने सडक पहिलो प्राथमिकतामा रहेको बताएका छन्। मंगलबार उनले आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्दै उक्त घोषणा गरेका हुन्।

उनले २०७९ वैशाख ३० गते भएको निर्वाचनका लागि नेकपा एमालेले आफूलाई प्रतिनिधिका रुपमा उपाध्यक्ष पदमा उठाउँदा जनताले त्यसलाई अनुमोदन गर्दा काम गर्ने अवसर जुरेको उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले बताइन्।

‘हामी प्रतिनिधिका लागि जनताको माया नै सबथोक हो,’ उनले भनिन्, ‘सार्वजनिक सेवाको मञ्चमा पुगाउने सान्नि त्रिवेणीबासी नै मेरा भगमान हुन्।’ उनले विद्यमान कानुनले व्यवस्था गरे अनुरुप उपाध्यक्षको हैसियतले प्राप्त गर्ने सबै अधिकारमा कुनै पनि प्रकारको प्रभावमा नपरी न्याय सम्पादन गर्ने प्रतिवद्धता जनाइन्।

‘मेरो कार्यकालमा देशमा मौलाउँदै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न हदैसम्मको प्रयत्न गर्नेछु,’ उनले भनिन्, ‘जनप्रतिनिधि र कर्मचारीको सम्बन्धलाई प्रगाढ बनाउँदै जनताको काम छिटो छरितो, पारदर्शी,भएरहित तरिकाले गर्न निशंकोच लाग्न आग्रह गरिन ।