
कालिकोट। गाउँका अधिकांस सरकारी विद्यालयमा शिक्षकको मनपरीले गर्दा विद्यार्थीको भबिस्यमा डामाडोल हुने देखिएको छ ।
पलाँता गाउँपालिका वडा नं.७ फागोटीको दैनिकर माध्यामिक विद्यालयमा दशैको विदापछी कार्तिक १ गते देखि विद्यालय खुल्नु पर्ने हाे,तर विद्यालय आजसम्म पनि खुलेको छन् ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्नकोलागी लामो समयदेखी बन्द रहेको शैक्षिक स्थाहरु दशैमा छोटो समय दशैको बिदा दिएर कार्तिक १ गते विद्यालय नियमित संचालन गर्नु पर्ने भनेपनी अहिले सम्म पलाँता गाउँपालिकाका अधिकांश विद्यालय संचालनमा छैन्न् ।
आईतवार गाउँपालिका अध्यक्ष लक्ष्मण बम,सहितको टाेलि अनुगमनमा जादा दैनिकर माध्यामिक विद्यालयमा दुईजना शिक्षक र दुई जना कर्मचारी मात्र रहेको पाईएकाे हाे।
दैनिक दिन विद्यालयमा आउनुपर्ने ठाउँमा महिनाको एक दुई पटक मात्र विद्यालयमा आउनेर पुरै महिनाकाे हाजिर लगाउने गरेको पाहिएकाे छ।
आज अनुगमन गर्दा नियमित विद्यालयमा नआउने शिक्षको हाजिर समेत कट्टी गरिएको गाउँपालिका अध्यक्ष बमले जानकारी दिनुभयाे।



karnalipress
१४ कार्तिक २०७८, आईतवार २०:५४