अधुरा काम पूरागर्न पुन मेयरमा उम्मेदवारी दर्ता गरेको हुः पाण्डे

बैशाख १३,कालिकोट।  नेकपा एमाले कालिकोटका अध्यक्ष जसिप्रसाद पाण्डेले खाँडाचक्र नगरपालिको अधुरा काम पूरा गर्न पुनः  मेयर उम्मेदवारी दर्तागरेको बताएका छन्बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भए सँगै आईतबार पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट २२,६६ मत ल्याएर नगरप्रमुखमा निवार्चत भएका पाण्डेले जनताको हितमा राम्रो काम गरेको र यो पाँच बर्षको अधुरा काम पूरा गर्न एमालेबाट पुनः  मेयर उम्मेदवारी दर्तागरेको बताएका छन्।

२०७४ सालको चुनावमा  नेकपा एमालेबाट नगरप्रमुखमा निवार्चत भएका पाण्डेले  यो नगरपालिका भित्रका अधुराकाम पुरागर्न,दलित ऐन कार्यान्वय गर्न,खाँडाचक्र नगरपालिकालाई नमुना नगर बनाउन,पुन मेयर उम्मेदवारी दर्ता गरेको बताए।

गयको पाँच बर्ष नगरपालिकामा जनताको हितमा काम गरेको र फेरी पनि नगर वासीको चाहाना पुरा गर्न उम्मेदवारी दर्ता गरेको बताएका हुन्। यो पाँचदलिय अपबित्र गठबन्धन नेताहरुको मात्र भएको आरोप लगाउदै एमालेले जनतासंग गठबन्धन गरेको बताएका छन् । खाँडाचक्र नगरपालिमा एमालले गठबन्धन भन्दा टडबन्धन गरे पनि खाँडाचक्र नगरपालिकामा एमालेको जित सुनिश्चित हुने उनको भनाई छ।