राजतन्त्र फेरि फर्केर आउँदैन : नेपाल

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन पनि चेतावनी दिएका हुन् ।

राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने पनि नेपालको भनाइ थियो ।’जनता नै सच्चा हिरो हुन् । उनीहरू नै परिवर्तनका संवाहक हुन् । राजतन्त्रलाई ढालेका छन् । राजतन्त्र फेरि फर्केर आउने छैन ।

फेरि ल्याउने कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिनेछन् । देशको हितमा रगत पसिना बगाएर ल्याएको संविधान हो । कसैले कुल्चिने प्रयास गर्छ भने त्यसलाई स्वीकार गरिने छैन,’ नेपालले भने ।