
कालिकोट। कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं ९ को गाउँमै भालु प्रवेश गरेको छ । खुला ठाउँ त्यो पनि गाउँकै वयालपाटामा जंङगली भालु पसेर मानिसलाई आक्रमण गर्न थालेको छ । गाउँमा पसेको भालुले मानिसलाई आक्रमण गर्ने गरेको छ ।
आज दिउसो तिर रास्कोट नगरपािलका वडा नं ८ का वर्ष ५० सर्पनन्द वराल गिट्टी कुटेर घर फर्किनेक्रममा आक्रमण गर्दा गम्वीर घाईते हुनु भएको छ । बिहानै काम गर्न घरवाट जानु भएका वराल खाना खान आउनेक्रममा वयालडाँडामा भालुसंग जम्काभेट भएको र भालुले झम्टीदा वराल गम्वीर घाईते हुनु भएको छ । उहाँको मुखका साथै शरिरका बिभिन्न ठाउँमा भालुले चिथरेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी निरिक्षक भुपेन्द्र शाहीका अनुसार खवर प्राप्त हुनासाथ रास्कोट प्रहरी चौकीवाट टोली गएर उपचारका लागि रास्कोट सामुदायिक अस्पतालमा ल्याएको वताउनुभयो । रास्कोट सामुदायि अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको अस्पताललाई उदृत गदै हाम्रा सहक्रर्मी दशरथ उपाध्यायले जानकारी दिनु भएको छ ।
यस भन्दा अगाडी नरहरीनाथ र तिलागुफामा पनि भालुको आक्रमणमा परी दुई जना घाईते भएका थिए । उनिहरुको पनि जिल्ला उपचार हुन नसकेपछि जिल्ला वाहिर रेफर गरिएको थियो । जङगलमा भालुले खाने केही नपाएपछि भालु खानाको खोजिमा गाउँमा आउन थालेको स्थानीयको भनाई छ ।



karnalipress
४ पुष २०७८, आईतवार १८:०६