माओवादी केन्द्रका नेता राजेशसहित सयौं जना एमाले प्रवेश

बैशाख ११,कालिकोट । नेकपा कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता अनन्त विश्वकमा (राजेश)लगाएतकाे टिमले एमालेमा प्रवेस गरेका छन्।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवम् पलाँता गाउँकमिटिका ईन्चार्ज समेत रहेका नेता (राजेश)ले आज एमालेमा प्रबेस गरेका हुन् उनिसंगै पलाँताका सयौं नेतनले एमाले राेजेका हुन् ।

गाउँपालिकाको आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रबाट बहुमतले निर्णय गरेको निर्णय अबेज्ञा गरि गाउँपालिका अध्यक्ष उमेरदवार   राजेशलाई पार्टीले असहयोग गर्दै पावर र पैसाको भरमा टिकट बितरण गरेको  भन्दै आईतवार देखि एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गदै राजेश भने ‘२३ बर्ष माओवादीमा रहेर योगदान गरे तर पार्टीले त्यो योगदानलाई नबुझ्दा आज संयौ नेताहरुसहित एमाले रोजेका छौं। अव पलाँतामा एमालेलाई जिताउन आफ्नो राजनिति यात्रासुरु भएको छ।’ एमाले प्रवेश कार्यक्रममा  पुर्व मन्त्री तथा नेकपा एमालेका नेता प्रेमबहादुर सिंह,केन्द्रिय सदस्य नगेन्द्र शाही नेशनल लगाएतका नेकता कार्यकर्ताहरुले स्वागत गरेका हुन ।