
ललित विष्ट,कालीकाेट। कालीकाेटका सामुदायिक विद्यालयलाई फुटबल सामग्री हस्तान्तरण गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)बाट २० वटा र हिम शक्ति फाउन्डेसनबाट ८ वटा फुटबल ,जर्सी,काेन सहितका आवस्यक सामग्री कालीकाेटकाे कालिका माध्यमिक विद्यालय पिलीलाई हस्तान्तरण गरिएको हाे।
उक्त खेलकुद सामग्री कालिका माध्यमिक विद्यालय पिलीले जिल्लाका अन्य माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्ने भएको छ। जस अनुसार कालीकाेटकाे रास्काेट नगरपालिका स्थित मोतिराम माध्यामिक विद्यालयलाई २ वटा फुटबल पत्रकार नमराज याेगीमार्फत, खाडाँचक्र नगरपालिकाकाे सरस्वती माध्यमिक विद्यालय दाँहालाई २ वाट तरुण दलका जिल्ला अध्यक्ष दमनराज शाही, शुभकालिका गाउँपालिकाकाे जनजाेती माध्यमिक विद्यालय भर्तालाई २ वटा पत्रकार किरण अधिकारी,कर्णाली माध्यमिक विद्यालय रेंङगिललाई २ वटा युवा नेता माधव प्रसाद पाण्डे, जनजिवन माध्यमिक विद्यालय ताडिलाई २ वटा समाजसेवी मित्रप्रसाद पाण्डे मार्फत प्रदान गरिएकाे कालिका मा.वि पिलीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा समाजसेवी रमित मल्लले जानकारी दिए।
हाल कालीकाेट जिल्लाका फुटबल खेलाडीलाई सहयोग हाेस् भन्ने हेतुले हस्तान्तरण गरिएको उनको भनाइ छ। अहिले खेलाडीहरुमा फुटबलकाे चासो तथा माेह बढेका कारण सहयोग गरिएको बताइएको छ।
कालीकाेट जिल्लामा खेल क्षेत्रकाे महत्त्वलाई बुझेर फुटबल वितरण गरिएको हिम शक्ति फाउन्डेसनका अध्यक्ष तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी सृजना सिंहले बताइन् । उनका अनुसार खेलमैदानकाे अभाव हुदाहुदै पनि पालिकामा विभिन्न टुनामेन्ट प्रतियाेगिता चल्ने गरेको र उक्त प्रतियाेगितामा फुटबल खेलाडी सहभागी हुन नसकेका कारण फुटबल वितरण गरिएको उनको भनाइ छ।
एन्फा फुटबल क्लबमार्फत खेल क्षेत्रकाे विकासका लागि कालीकाेटका सामुदायिक विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको एन्फा सदस्य पंकज शाहीले बताए ।

हाल एन्फा सदस्य पंकज शाही र कालीकाेटका पहिलो पाइलट सुरज शाही र एमालेका कर्णाली प्रदेश सदस्य तथा खेलकुद विभाग प्रमुख पखं बहादुर मल्लकाे पहल मार्फत फुटबल वितरण गरेको पाइएको छ। एन्फाले देशका अन्य विद्यालयमा समेत फुटबल वितरण गरेको छ।



karnalipress
१० चैत्र २०८२, मंगलवार १९:४७