दुर्गम गाउँका घरघरमा खानेपानी

ललित विष्ट माघ १८, कालिकोट । घण्टौं हिँडेर खानेपानी ल्याउनुपर्ने कालिकोटका विकट बस्तीमा घरघरमा धारा बन्न थालेका छन्। शुभकालिका गाउँपालिकामा मिटरसहित घरघरमा धारा निर्माण भएका छन्। हेल्भेटास नेपालको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा शुभकालिका गाउँपालिका १३ वटा खानेपानीका योजनाहरु सम्पन्न भएका छन्। भने ५ वटा खाँनेपानी योजनाहरु निर्माणको चरणमा छन्।

शुभकालिको गाउँपालिका १ देखि ८ नम्बर वडाहरुमा निर्माण सम्पन्न भएका खानेपानी योजना हरु ढाँडमुल खानेपानीका तथा सरसफाई,छेलाहान्ना खानेपानीका तथा सरसफाई, पानी मुगला खानेपानीका तथा सरसफाई,ओरचाखा खानेपानीका तथा सरसफाई,बेथान आरुखाडा काउला खानेपानीका तथा सरसफाई, सेरी खानेपानीका तथा सरसफाई,सानामुल खानेपानीका तथा सरसफाई,लिगुडे खानेपानीका तथा सरसफाई,जरायो ढुंगा बेडुमुल खानेपानीका तथा सरसफाई, सातामुल खानेपानीका तथा सरसफाई, धांचु ठिगेनी गेरुमुल खानेपानीका तथा सरसफाई, ओखररुख छिर्नेमेला खानेपानीका तथा सरसफाई, चकरांटा खानेपानीका तथा सरसफाई योजनाको निर्माणकार्य सम्पन्न भएको छ ।
यी आयोजनाहरु भएका ठाउँमा ५ किलोमिटर टाडाबाट पानी नागरिहरुको घरमा पुगेको हो । एक घर एक धारो पाउदा नागरिक हर्षित देखिएका छन् । उक्त वडामा खानेपानी योजनाले १ हजार १ सय ८८ घरधुरीले पानी उपयोग गर्न पाएका छन् । हेल्भेटास नेपालको ३ करोड ९३ लाख ३६ हजार २ सय २०,शुभकालिका गाउँपालिकाको योगदान १ करोड ९७ लाख ४८ हजार ३ सय ९० र समुदायको योगदान २४ लाख ४३ हजार ७ सय ६८ कुल लागत ८ करोड ३५ लाख २१ हजार ६ सय ७८ मा काम सम्पन्न भएको पालिका वास अफिसर चन्द्रप्रकाश केसीले जानकारी दिए । उनले भने
‘सन २०२१ र सन २०२२ मा के कति योजनाहरु सम्पन्न भए ? आगामी बर्षमा खानेपानी तथा सरसफाई जस्ता कार्यक्रम पालिकाको कुन ठाउँमा संचालन गर्ने,खानेपानी सरसफईलाई कसरी समन्वय गरेर अगाडी बढ्ने जस्ता विषयमा गाउँपालिकामा छलफल समेत भएको बताए ।
पानीको सहजता भएपछी स्थानीयहरुले घरमै खेतीपाती र तरकारी उत्पादनका तथा सरसफईका कामहरु गर्न थालेको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका फिल्ड संयोजक राजेन्द्रबहादुर शाहीले बताए ।

गाउँपालिकामा खानेपानीको क्षेत्रमा राम्रो सहयोग गरेको भन्दै सहयोगी संस्था हुरेन्डेक नेपाल र हेल्भेटासलाई विशेष धन्यवाद दिदै गाउँपालिका अध्यक्ष गाेविन्द आचार्यले  आगामी दिनहरुमा निर्माण गरीने योजनाहरुमा स्थानीय सरकारले पनी सहयोग तथा समन्वयकारी भुमिका खेल्ने बताए ।

खाँडाचक्रमा ३ वटा बृहत खानेपानी योजना सम्पन्न
हेल्भेटास नेपालको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा खाँडाचक्र नगरपालिकामा ३ वटा खानेपानीका योजनाहरु सम्पन्न भएका छन् । खाँडाचक्र नगरपालिका वडा नंं १० मा खिरौले खानेपानी तथा सरसफाई योजनाको कार्य सम्पन्न भएको छ । ५ किलोमिटर टाडाबाट पानी नागरिहरुको घरमा पुगेको हो । एक घर एक धारो पाउदा नागरिक हर्षित देखिएका छन् । उक्त वडामा खानेपानी योजनाले २ सय घरधुरीले पानी उपयोग गर्न पाएका छन् ।

हेल्भेटास नेपालको ५३ लाख ८६ हजार ७ सय ५०,नगरपालिकाको योगदान ५० लाख २७ हजार ७ सय ७३ र समुदायको योगदान ३९ लाख ४८ हजार ५ सय ५२ कुल लागत १ करोड ४३ लाख ६३ हजार ७५ मा काम सम्पन्न भएको हो । पानीको सहजता भएपछी स्थानीयहरुले घरमै खेतीपाती र तरकारी उत्पादनका क्षेत्रमा काम गरिरहेका एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका फिल्ड संयोजक नरेश दर्जिले बताए ।

खाँडाचक्र नगरपालिका वडा नं. ८ स्थित भावनखोला खानेपानी तथा सरसफाई योजनाको निर्माण कार्य सम्पन्न भएको छ । ४ किलोमिटर टाडाबाट पानी ल्याइएको छ । पानी घरमा पुगेपछी वडा नं. ८ १ सय ५ घरधुरी हर्षित देखिएका छन् । हेल्भेटास नेपालको ३८ लाख २१ हजार ५ सय२७ ,नगरपालिकाको १८ लाख र समुदायको २२ लाख २४ हजार६ सय ८७ गरी कुल लागत ७८ लाख ४६ हजार २ सय १४ मा निर्माण कार्य सकिएको पालिका वास अफिसर चन्द्रप्रकाश केसीले जानकारी दिए ।

हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले खाँडाचक्र नगरपालिका,शुभकालिका गाउँपालिका,नरहरीनाथ गाउँपालिका,रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गदै आएको जानकारी दिए ।