एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु,दुई घाइते

कालीकाेटकाे खाँडाचक्र नगरपालिका -२ मेयर खाेला नजिकै एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाईते भएका छन्।

जुम्लाको हिमा गाउँपालिकादेखि सुर्खेत जाँदै गरेको हिमा गाउँपालिकाको क.प्र.०१००१ झ ००२४ नम्वरको एम्बुलेन्स कालीकोटको मेयर खोला नजिकै दुर्घटनामा भएको हाे।

दुर्घटनामा हिमा गाउँपालिकाका एम्बुलेन्स चालक वर्ष २६ का शक्ति शाही र साेही पालिकाका वर्ष ३२ का भिमराज अधिकारीकाे मृत्यु भएको प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिए । घाइते हुनेमा हिमा गाउँपालिकाका लाेकेन्द शाही र अक्कल अधिकारी रहेका छन् ।

विरामी लिएर सुर्खेत जादैगर्दा एम्बुलेन्स दुर्घटनामा परेको प्रहरी जनाएको छ। एम्बुलेन्समा चालक सहित ४ जना सवार थिए । घाइते दुईजनाको जिल्ला अस्पताल कालीकाेटमा उपचार हुदै छ।