
असार २८,कालिकोट । कालिकोटमा राष्ट्रिय प्रसारण लाइन जोडिएको एक वर्ष पुगे पनि नियमित विद्युत् सेवा आपूर्ति हुन सकेको छैन । विद्युत् सेवा नियमित नहुँदा बिजुलीबाट हुने कामहरू प्रभावित भएका छन् ।
कालिकोटमा अहिले पनि दैनिक ९/१० घण्टासम्म बत्ती जाने समस्या रहेको स्थानीयवासीले बताएका छन् । दैलेखमा समस्या आएकाले बनाउने प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौड्यालले बताए ।
राष्ट्रिय प्रसारण लाइन नियमित नभएपछि यहाँका स्थानीयवासीले सान्नीत्रिवेणीमा रहेको पाँच सय किलोवाट क्षमताको सान्नीगाड जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनुपर्ने माग गरेको छन् ।




karnalipress
२९ असार २०७९, बुधबार ०७:४६