असोज ७,कालीकोट। नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंङ शाहीले काँग्रेसको महाधिवेशनको मिति सार्नु सरासर गलत भएको बताउनु भयको छ। उहाले सामाजिक संजाल फेसबुकमा लेख्दै यस्तो बताउनु भएको हो।
“अधिवेशनमा सक्रियता पुर्बक लागिरहेका नेता कार्यकर्ताको उर्जा, उत्साह र हौसला घटाउने गरि फेरि पनि मिति परिबर्तन गर्नु कार्यकर्ताको भावना र पार्टि हित बिपरित छ। यदि सबै जिल्लाको सङै अधिवेशन गर्न थियो भने वडा अधिवेशन बाटै सबैको सङै गर्नु पर्थ्यो होइन भने वडा अधिवेशन सकिसकेर बसेका जिल्लाहरु लाइ पनि अधिवेशन गर्न रोक लगाउनु अन्यायपुर्ण छ।
आफ्नै पार्टिको अधिवेशनमा क्रीयाशिल बितरणमा सहमति गर्नुको साटो अनआवश्यक बिबाद खडा गरेर रमिता गर्ने अनि बिबाद नभयका जिल्लाहरुलाइ पनि तिनै बिबादित जिल्लाको कारण देखायर अधिवेशन अगाडि बढाउन नदिने कुरा कुनै पनि हालतमा न्यायोचित हुन सक्दैन।
सक्छौ बिबादित जिल्लाको कुरा चाडो मिलाउ सक्दैनौ वडा अधिवेशन सकेर बसेका जिल्लालाइ अगाडि बढ्न देउ केहि निश्चित नेताहरुको स्वार्थमा अधिवेशनलाइ अन्यौल ग्रस्त बनाउने र कार्यकर्ताहरुलाइ रनभुल्लमा पार्ने कम बन्द गरौ,अधिवेशनलाइ तत्काल प्रक्रियामा अगाडि बढाउ,तोकियकै तालिका अनुसार महाधिवेशन सम्पन्न गरेर स्थानिय चुनावको तयारी माजुटौ।”
karnalipress
७ आश्विन २०७८, बिहीबार १५:५६