केपी खनालले गरे पहिरो पिडितलाई न्यानो लुगा प्रदान

पुस २७,कालीकोट । समाजसेवी केपी खनालले कालीकोटको नरहरीनाथ गाउँपालिकाका बाढि पहिरो पिडितलाई न्यानो लुगा प्रदान गरेका छन्।  केपी खनाले मंगलवार नरहरीनाथ पुगेर आफ्नो २२ औं जन्मदिनको अवसरमा पहिरो पिडितलाई न्यानो लुगा प्रदान गरेका हुन।

कालीकोटका प्रहरी प्रमुख शिद्वराज न्यौपाने,नरहरीनाथ गाउँपालिका अध्यक्ष बिरबहादुर बिष्ट, उपाध्यक्ष मनसोभा बुढा लगाएतको सहभागितामा पहिरो पिडित परिवारलाई न्यानो लुगा प्रदान गरेका हुन्। देशभरी सरसफाई अभियान संन्चालन गर्ने केपी खनालको टीम सोमवार कालीकोट पुगेको थियो ।