जिल्लाअस्पताल कालीकोटमा अक्सिजन सिलिन्डर भर्न सुरु

असोज १६,कालीकोट। जिल्ला अस्पताल कालीकोटमा अक्सिजन सिलिन्डर भर्न सुरु गरीएको छ। असोज १५गते स्थापना गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन सिलिन्डर भर्ने कामसुरु भएको हो।

जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार अहिले जिल्ला अस्पताल कालीकोटमा २,२ वटा अक्सिजन प्लान्ट जडान गरी सेवा सुचारू भैरहेको र अव कालीकोट जिल्लामा अक्सिजनको अभाव कुनै पनि हालतमा नहुने बताइएको छ।

अहिले अक्सिजन ग्यासको आवश्यकता भएमा खाली सिलिन्डरको साथमा सशुल्क अक्सिजन ग्यास भर्न आउन हुन समेत सम्बन्धित सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई जिल्ला अस्पताल कालीकोटले अनुरोध गरेको छ।

यो महत्त्वपूर्ण कार्यको लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विशेष धन्यवाद दिदै,सामाजिक बिकास मन्त्रालय ,स्वास्थ्य सेवा निर्देशनालय,६२.५ के.भिए क्षमताको जेनेरेटर सहयोग स्वरुप निशुल्करुपमा उपलब्ध गराउने UNDP लगायत सबैमा जनस्वास्थ्य अधिकृत कटक महतले धन्यवाद व्यक्त गनुभएको छ।