
कालिकोट । कालिकोटकाे पलाँता गाउँपालिकामा कृषि मेला प्रर्दशनी सम्पन भएको छ । एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र पलाँता गाउँपालिकाको समन्वय तथा पलाँता युवा संजालको आयोजनामा बारी बारीका तरकारी, घरघरमा रोजगारी भन्ने मुल नारा सहित कृषि मेला प्रर्दशनी गरिएको हो ।
कृषि मेला प्रर्दशनीमा स्थानीय ८८ जना कृषकहरुले आ-आफ्नो बारीमा उत्पादित तरकारी बाली प्रर्दशनीमा ल्याएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले जानकारी दिईन् ।
कार्यक्रममा उत्कृष्ठ कृषकहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।पलाँता गाउँपालिका– ६ नेटामा कृषि मेला प्रर्दशनी कार्यक्रम आयोजना गरिएको थियो ।



karnalipress
१९ पुष २०७८, सोमबार ०८:४३