स्काभेटरले खनेका सडक प्रयोग बिहिन

असार ९,कालिकोट । कालिकोटका सबै स्थानीय तहका ग्रामिण सडक प्रयोगमा छैनन् । स्थानीय सरकारले पहिलो प्राथमिक्तामा राखेर स्काभेटरले खनेका सडक अहिले प्रयोग बिहिन भएका छन् । कसले कति छिटो गाउँमा सडक पुगाउने भन्ने होडवाजीका बिचमा बिना प्राबिधिक सल्लाहमा खनिएका सडक पानी परेसंगै प्रयोग बिहिन भएका हुन ।
रिङरोडको अवधारणमा नरहरीनाथ गाउँपालिकाले वडानं एक को लालीघाट वजार देखि कोटवाडाको धारी हुदै गाउँपालिका सडक खन्योे । सडकको प्राविधिक पनि स्काभेटर चालक भए । उकालो सडक त्यसैमा साँघुरो भएका कारणले गाडी चढाउन मुस्कील नै थियो । त्यसैमा वर्षातको पानीले सडकमा रहेको माटोभरी वगाएपछि सडक कि खोला चिन्नै नसकिने अवस्थाका छन् ।
रेडक्रस सोसाईटी जिल्ला शाखा कालिकोटका सभापति वलप्रसाद सज्यालले बिपदको मापन नगरी हतारमा खनिएका सडकको सबै ठाउँमा दुरदर्सा उस्तै रहेको बताए । उनले भने ‘कसले कहिले गाडी पुगाएको भनेर घोषणा गर्न प्रतिस्पर्धा भयो त्यसैले कुनै स्थानीय तहले आफ्नै स्काभेटरले सडक खने भने केहीले भाडामा ल्याएर डोजर चालकलाई सबै अधिकार दिएर सडक पालिका पुगाएको घोषणा गरे,तर ति सडक १५ दिन सम्म पनि चल्न सकेनन,सुक्का मौसममा धुलाम्मे हुने सडक पानी परेसंगै हिलाम्मे हुने र गाडी चल्न नसक्ने हुन्छन ।’
नरहरीनाथ गाउँपालिका जाने सडकमा अहिले वल्ल वल्ल टिपर मात्र चल्ने गरेका छन । त्यो पनि कोटवाडामा रहेको सुन्थराली एयरर्पोट कालोपत्रेका लागि गिटी ढुवानी भईरहेको छ ।
चालक अमर लामाले २० वर्षको टिपर चलाउदाको सबै भन्दा जोखिम सडक यही देखेको सुनाए । उनल भने ‘टिपर उसरी जोखिम वाटो मै चलाउनु पर्छ तर यहाँको जस्तो जोखिम कतै देखिन ।’ जिल्लाको रास्कोट नगरपालिकाले खनेका सहयाक सडक पनि उस्तै जिर्ण छन् । पोत्मारा विद्युत हाउस जाने सडक, चुडीमुल सडक फुकोटको तल्लो सडकमा आजभोली गाडी चल्नै छोडेका छन । शुभकालिकाको डौठा देखि माथिको सडक पुरै वन्द छ ।
पानीले पुरै सडक चिरा पारेपछि गाई वस्तुलाई आउजाउ गर्नपनि कठिन भएको स्थानीय रमेश सुनारले बताए । उनले भने ‘गाई वस्तुका साथै पैदल यात्रा गर्ने सम्मको सडक छैन, डोजरले खनेका सडक सबै ठाउँमा यस्तै छन ।’ शान्नीत्रिवेणीको मुम्र्रा देखि मेहेलमुडी जोड्ने सडकको पनि हालत उस्तै छ । नवनिर्वाचित उपाध्यक्ष पार्वती सिहं सज्यालले सबै भन्दा पहिला अस्तब्यस्त रहेका सडकको सुधार गर्ने काम आफ्नो पालामा हुने बताईन् । उनले भनिन् ‘पहिला सडकलाई मर्मत गछौ त्यसपछि मात्र अन्य सडकका काम गर्ने अध्यक्ष र आफ्नो सल्लाह भएको बताईन् ।
जिल्ला भरीका सडक प्राविधिक माप्दण्ड वेगर सडक खनेकाले पनि अहिले जोखिम वढिरहेको छ । स्काभेरको जिम्मा दिएर सडक निमार्ण भए । अहिले सानो पानी पर्दापनि ठुलो पहिरो आउने, सडक चिरा पर्ने, वाढीको जोखिम पनि उस्तै वढेको जिल्ला बिपद ब्यवस्थापन समितिको ठहर छ । प्रमुख जिल्ला अधिकारी रामहरि र्शमाले सबै भन्दा वढी स्काभेटरले खनेका सडक अवरोध भएको बताए । उनले माप दन्द विपरिद खनिने यस्ता सडकले यात्रा गर्ने सबैलाई समस्या हुने बताए ।