
कालीकोट — नेपाली कम्युनिष्ट पार्टीका नेता जीवन बुढाले हालै सार्वजनिक कार्यक्रममा दिएको दलित समुदाय लक्षित अभिव्यक्तिले कालीकोटका दलित अधिकारकर्मी आक्रोशित भएका छन् ।
उक्त अभिव्यक्तिपछि दलित समुदायका अगुवाहरूले यसले समुदायको आत्मसम्मानमा गम्भीर चोट पुगेको र समाजमा विभाजनको भावना बढ्ने खतरा रहेको बताएका छन्।
उनीहरूका अनुसार राजनीतिक भाषणका नाममा समुदायलाई कमजोर र आश्रितको रूपमा चित्रण गर्नु संविधानको समानता र सामाजिक न्यायको मर्मविपरीत हो।
स्थानीय स्तरमा युवाहरू तथा नागरिक समाजले यस्तो भाषणले दलित समुदायमाथि हुने विभेदलाई थप प्रोत्साहन गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
“राजनीतिले समाज जोड्नुपर्ने हो, तर यस्ता अभिव्यक्तिले समाजमा दूरी बढाएको छ,” एक स्थानीय अगुवाले प्रतिक्रिया दिएका छन्।यस विषयमा सम्बन्धित पक्षले नेता बुढाबाट सार्वजनिक स्पष्टिकरण तथा माफी माग्नुपर्ने र भविष्यमा यस्ता विभाजनकारी अभिव्यक्ति नदोहोर्याउन कडा कदम चाल्नुपर्ने माग गरेका छन्।
दलित समुदायमाथि परेको सामाजिक र मनोवैज्ञानिक असरबारे सरोकारवालाहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको दलित अधिकार कर्मि रमेश नेपालीले बताए।
दलित समुदाय माथि यस्ता अभिव्यक्तिले विभेदका घटनाहर घट्ने गरेको अधिकारकर्मी दलसिंह कुगालले बताए । उनले दलित अधिकारको संरक्षण र प्रवर्द्धन हाम्रो साझा दायित्व रहेको उनको भनाइ छ।



karnalipress
३ फाल्गुन २०८२, आईतवार ११:३२