
कालिकोट। कर्णाली करिडोरको जिते देखि हुम्लाको सल्लीसल्ला सम्मको सडक खण्डको वर,गोब्रेभिड र खोलिबजार सिमखेतमा गएको पहिरो पन्छाएर अवरुद्ध कर्णाली करिडोर सुचारु भएको छ।पहिरोको कारण करीडोरका बिभिन्न ठाउँमा ठूला,ठूला ढूङगा खसेर अवरुद्ध भएको कर्णाली करिडोरमा नेपाली सेनाले निरत्नर कामगरेर १५ दिन पछि खुलाएको हो।
कर्णाली करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाको कार्यदलले लगातार काम गरेर ठूलो पहिरो पन्छाएर सडक खुलाइएको नेपाली सेनाका मेजर प्रेम कार्कीले बताउनुभयो।उहाँका अनुसार “करिडोरको धेरै ठाउँमा ठूलो पहिरो खसेको छ,हामीले लगातार काम गरेर पहिरो पन्छाई सडक पूर्णरुपमा संन्चालन त गरेका छौउ,फेरी पहिरो खस्न सुरुहुन्छ की?”
करिडोरको पहिरो पन्छाउन समय लाग्दा पलाँता,पचालझरना,बाजुरा,र हुम्लाका धेरै नागरिकले सास्ती खेप्नुपरेको थियो।असोज ३१ देखि चारदिन लगातार परेको वर्षाले कर्णाली करिडोर अवरुद्ध भएको थियो।



karnalipress
१८ कार्तिक २०७८, बिहीबार १७:५३