ब्याडमिन्टन संघद्धारा तिलागुफा नगरपालिकालाई सम्मान 

कालीकोट । ब्याडमिन्टन संघ कालीकोटले तिलागुफा नगरपालिकालाई सम्मान्र गरेको छ। खेलक्षेत्रमा तिलागुफा नगरपालिकाले पुराएको महत्वपूर्ण योगदानको कदर गर्दै ब्याडमिन्टन संघ कालीकोटका अध्यक्ष विरेन्द्र शाहीले नगरपालिकालाई सम्मान गरेका हुन् ।

ब्याडमिन्टन संघ कालीकोटले २०८१ माघ २६ गतेदेखि २८ गते सम्म प्रथम कालीकोट कप, प्रदेश स्तरीय खुल्ला पुरुष डवल ब्याडमिन्टन प्रतीयोगिता गरेको थियो ।

सम्मान्र पत्र बुझ्दै तिलागुफा नगरपालिकका मेयर शंकरप्रसाद उपाध्यायले खेलक्षेत्रमा तिलागुफा नगरपालिकाले सक्दो सहयोग गरिरहने बताएका छन् । पचालझरना गाउँपालिकामा भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तिलागुफा नगरपालिका प्रथम भएको थियो ।