संसदमा ओली : चुनावी पराजय स्वीकार्न आनाकानी

१२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको दाबी थियो, ‘पाँच दल मिलेर आउन् वा एक्लाएक्लै, पहिला जति जितेका थियौं, त्यो भन्दा बढी जित्छौं ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै मञ्चहरुमा त सत्तारुढ गठबन्धनमा आबद्ध दललाई किलो र एमालेलाई क्विन्टलसँग तुलना गर्ने गरेका थिए ।

तर एमाले २०७४ को अवस्थामा कायम रहेन । अघिल्लो पटक २९६ पालिकाको नेतृत्व जितेको एमाले यो पटक २०५ मा खुम्चियो । अघिल्लो पटक २६६ सिटमा समेटिएको कांग्रेस भने ३२७ पालिकाको नेतृत्व गर्ने अवस्थामा पुगेको छ ।

मत गनणाका क्रममा आएको सुरुवाती रुझानसँगै धेरैको चासो थियो, चुनावी परिणामबारे ओलीको प्रतिक्रिया के होला रु तर ओली लामो समय मौन रहे । ८ जेठमा कविता संंग्रह विमोचन कार्यक्रममा सहभागी भएर पनि राजनीतिक टिप्पणी नगरेका ओलीले बिहीबार संसदमा झण्डै तीन घण्टा भाषण गरे ।

दलमा अन्तरघात, संसदमा धाँधली

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफल गर्नु अघिल्लो दिन एमाले संसदीय दलको बैठक बसेको थियो । बैठकमा अध्यक्ष ओली संसदले अन्तरघातका कारण एमालेले धेरै ठाउँमा चुनाव हारेको बताएका थिए ।

तर बिहीबार संसदको रोष्टममा उभिएर एमाले अध्यक्ष ओलीले अन्तरघातको कुरा गरेनन्, बरु निर्वाचनको निष्पक्षतामा प्रश्न उठाए । कुनै निश्चित ठाउँको होइन, देशभरकै निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेको बताए ।

सरकारले नीति तथा कार्यक्रमको सुरुमै ३० वैशाखमा समग्र निर्वाचननै ‘निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण स्वच्छ र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न’ भएको उल्लेख छ ।

यही बिन्दुबाट प्रश्न सुरु गरेका ओलीले भनेका छन्, ‘भोट पाउनका लागि रुकुममा मतदाताको हत्या भयो । हुम्लामा आक्रमण भयो । ताप्लेजुङमा हत्या भयो । उदयपुरमा हत्या भयो प्रहरीकै गोलीबाट । विभिन्न ठाउँमा घाइते भए, अंगभंग भए । जो सार्वभौम सम्पन्न छन्, मतदानको माध्यमबाट आफ्नो प्रतिनिधि छान्ने अधिकार राख्दछन्, उसैलाई घेर्नेरथुन्नेरआक्रान्त गर्नेरकुटपिट गर्न काम भयो । अनि कसरी भयो चुनाव भयरहित रु’

चुनावमा सत्तापक्षले पञ्चायतभन्दा बढी अत्याचार गरेको अध्यक्ष ओलीको आरोप छ । ‘राज्य संयन्त्रको यो तहको दुरुपयोग पञ्चायतकालमा पनि भएको थिएन, यस्तो नांगो ढंगले सत्ता कब्जै गर्ने खालको काम पञ्चायतमा पनि भएको थिएन’ उनले पटकपटक दोहोर्‍याए ।

देशका विभिन्न ठाउँमा मतदान स्थगित भएको स्मरण गर्दै उनले थपे, ‘निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन, सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बस्यो । अशक्त र बृद्धबृद्धासहितको धेरै भोट गठबन्धनका कार्यकर्ताले हाले ।’