पञ्चदेव माविको वार्षिक उत्सव सम्पन्न

फागुन १२,कालिकोट । कालिकोटको पञ्चदेव माध्यमिक विद्यालयले ४५ औं वार्षिक उत्सव,तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । खाँडाचक्र नगरपलिका वडा नम्बर १ स्थित पञ्चदेव मा.वि विद्यालय परिसरमा ३२ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदानगर्दै विद्यालयले वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समन्वय समिति प्रमुख धनजित बहादुर शाहीले विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । अतिथि खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक,समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताए । उनले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताए । यसकालागी स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफु सदैव तयार रहेको उनको भनाई छ ।

पूर्व शिक्षक तथा नेकपा एमाले कालिकोटका पार्टी अध्यक्ष जसिप्रसाद पाण्डेले सामुदायिक विद्यालयमध्ये पहिलाको नमुना मा.विलाई आफुले विद्यालयमा विद्यार्थी,शिक्षक र अभिभावकको भुमिकामा रहुन्जेल विद्यार्थीको शैक्षिक सुधारको लागी पहल गरिरहेको बताए । उनले भने ‘पहिलाको नमुना मा.वी कर्णालीकै द्रोस्रो मा.वि विद्यालय बिचमा आएर शैक्षिक गुनस्तर खस्केकोमा आफु दुःखी भएको बताउदै पञ्चदेव मा.वि.फेरी पनि उत्कृष्ट विद्यालय बन्ने तयारीमा रहेको बताए । यसका लागि अभिभावक,विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु पनि जागरुक भएर लाग्नुपर्ने उनको भनाई छ ।

प्रविधि प्रयोगको तालिम हरेक शिक्षकले लिएर आफूलाई अब्बल बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई कालिकोटका प्रमुख प्रकाशचन्द धितालले बताए । उनले प्रविधि प्रयोगको तालिम हरेक शिक्षकले लिएर आफूलाई अब्बल बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने अवस्था आएको र यसको लागि तीनै तहका सरकार र विद्यालयले मद्दत गर्नुपर्नेमा जोड दिए ।खाँडाचक्र नगरपालिका वडा नम्बर १ का अध्यक्ष धर्मराज ताम्राकार,जग्गादाता अभिभावक लगायतले सामुदायिक विद्यालयले समाजमा पुर्याएको योगदान र समुदायको अपेक्षाको बारेमा चर्चा गरेका थिए ।

सो अवसरमा विद्यालयमा अध्यनरत २९ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको छ। वि.सं.२० १६ मा स्थापना भइ कक्षा १२ सम्म पढाई हुने सो विद्यालयमा अहिले प्रविधक धारको पढाइ पनि सुरु छ। कक्षा १ देखि १० सम्मका कक्षा प्रथम, दितीय तथा तृतीय हुने विद्यार्थीरुलाई पुरस्कार वितरण गरिएको प्र.अ चन्दप्रसाद कोइरालाले बताए ।

त्यसै गरी विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिई प्रथम, दितीय तथा तृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । हाल विद्यालयमा ७ सय ४३ जना विद्यार्थीहरु र प्रविधिक धार तर्फ ९८ जनन अध्ययनरत छन् भने २९ जना शिक्षक तथा कर्मचारीहरु कार्यरतरहेको लेखापा बिरेन्दबहादुर शाहीले जानकारी दिए ।