स्वास्थ्यक्रर्मी संघको अधिवेशन सम्पन्न

फाल्गुन ७,कालिकोट। स्वास्थ्यक्रर्मी संघको अधिवेशन सम्पन्न भएको छ। सनिवार होटल कोटदरवारमा राष्ट्रिय स्वास्थ्यक्रर्मी संघको दोस्रो तथा नेपाल स्वास्थ्य प्राबिधिक संघको प्रथम जिल्ला अधिवेशनलाई सयुक्त रुपमा उद्घाटन सम्पन्न भएको हो।

उक्त कार्यक्रममा बोल्दै  नेकपा एमाले कालीकोटका अध्यक्ष जसिप्रसाद पाण्डेले राजनिति चरित्र नभएकाहरुले कर्मचारीलाई थुनेर राख्ने वताए । उनले जससंग राजनिति चरित्र छैन उसैले पेसागत सुरक्षाका आफ्नो अधिकारका लागि संगठित हुने कर्मचारीलाई दवाफमा पार्ने बताएका हुन ।

आफ्नो पार्टीको भए ठिक र अरुको भए वेठिक भन्ने नेता कुनैपनि हालतमा नेता हुन नसक्ने र त्यो राजनिति चरित्र नभएको सबैले वुज्न पने बताए ।  उनले स्वास्थ्यक्रर्मीलाई पेसा प्रति उत्तरदाही हुन र पेसागत सुरक्षाका लागि वोल्दा कसैले दवाफमा पारेमा आफु नेतृत्वको नेकपा एमाले चुप लागेर नवस्ने वताएका छन । अध्यक्ष पाण्डेले एमालेको भातृसंगठनमा आवद्ध स्वास्थ्यक्रर्मीलाई आफ्नो जिम्मेवारी पनि कुसल्ता पुर्वक पुरा गर्न सुझाव दिए।

राष्ट्रिय स्वास्थ्यक्रर्मी संघ कालीकोट अध्यक्ष रविन्द्र सेजुवालको अध्यक्षतामा आयोजित अधिवेशनका प्रमुख अतिथि समेत रहका अध्यक्ष पाण्डेले अव नागरिकको ज्यानको सुरक्षा संगै एमाले पार्टी जनताको पाटी भएको र अघिल्लो स्थानीय चुनामा देशैभरी सिगल ४२ प्रतिसत स्थानीय सरकारको नेतृत्व गरेको इतिहास फेरी दोहोराउन सबैलाई लाग्न अनुरोध समेत गरे । उनले एमसिसिका वारेमा वोल्दै लामो समय एमालेलाई धरापमा पारेका माधव नेपाल र दुई तिर हामफाल्ने प्रचन्डका कारणले सरकार र सरकारी बिराधी काम गरेर देशलाई थप संकटमा पारेको वताए ।

अधिवेशनमा सहभागी स्वास्थ्यक्रर्मी संघका कर्णाली प्रदेश सचिव शुशिल शाही, अनेमंसघका केन्द्रीय सदस्य पार्वती सिहंले एमालेको भातृसंगठनको जिम्मेवारी पाएकोमा खुसि ब्यक्त गदै आगामी यात्रा सफल्ताको शुभकामना सहित नयाँ नेतृत्व जुजारु छान्न शुभकामना दिए । स्वास्थ्यक्रर्मीसंघका नेता हेमराज देवकोटाले सञ्चालन गर्नु भएको सो कार्यक्रममा टेडयुनियनका जिल्ला अध्यक्ष देवानन्द धिताल, राष्ट्यि कर्मचारीसंगठनका जिल्ला अध्यक्ष भक्तीप्रसाद पाण्डे, एमाले जिल्ला सदस्य सुमन वम, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रेमराज सिम्खडा, अखिल नेपाल प्रर्गतीशिल स्वास्थ्यक्रर्मी संगका केन्द्रीय सचिव कटकवहादुर महत, स्वास्थ्यक्रर्मीसंगका केन्द्रीय प्रतिनिधि हेमराज बम, अनेरास्ववियुका जिल्ला अध्यक्ष धर्मराज शाही लगाएतका नेताहरुको सहभागीता रहेको थियो । सबैले पेसागत सुरक्षाका साथै नेकपा एमाले पार्टीको सानलाई जोगाउन महत्वपुर्ण भुमिका खेल्न पर्ने वताएका थिए ।