विर्तामोडमा नुन डिपो स्थापना

कर्णाली प्रेस चैत्र १, कालीकोट । महावै गाउँपालिकामा नुन डिपो स्थापना गरी को छ । पालिकाको विर्तामोडबाट वितरण गरिने महावैका नागरिको सहजताको लागी नुन डिपो स्थापना गरीएको हो ।

एक प्याकेट नुन लिनका लागि सदरमुकाम मान्म धाउनु परिरहेको बाध्यतालाई रोक्न विर्तामोडबाट वितरण थर्न नुन डिपो राखिएको महावैका अध्यक्षखेमबहादुर सिंहले बताए । उनले भने । अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको छ।

हिमचुली कृषि सहकारी संस्थाको साझेदारी र गाउँपालिकाको समन्वयमा डिपो स्थापना गरी सेवा प्रवाह भइरहेको छ । नुन खरिद गर्न आउएका स्थानीयले एक दिन लगाएर नुनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेकोमा खुसी व्यक्त गरेका छन् । अब धेरै नागरिकलाई जिल्लाको सदरमुकाम सम्म पुगेर नुन लिनुपर्ने बाध्यता हटेको छ