एस मोडमा ट्रक दुर्घटना हुदा दुईजनाको मृत्यू

ललित बिष्ट श्रावण १२,कालीकाेट। कर्णाली राजर्मागको कालीकोट खण्डमा पर्ने एस मोडमा मंगलवार मिनि ट्रक दुर्घटना हुदा दुईजनाको मृत्यू भएको छ । नेपालगन्जबाट जुम्लाको लागि ग्यासका सिलिन्डर वोकेर आउदै गर्दा शुभकालीका गाउँ पालिका वडा नं १ को एस मोडमा दुर्घटना भएको हो ।

ना ७ ख ९५१६ नम्बरको मिनि ट्रक दुर्घटना हुदा वाजुरा जिल्लाको जुगकोट २ का वर्ष २५ का रमेशवहादुर शाही र एक अर्का गरी दुई जनाको मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी निरिक्षक भुपेन्द्र शाहीले ट्रकमा दुई जना रहेको र दुवै जनाको मृत्यू भईसकेको वताउनुभयो ।

 ट्रक सडक वाट दुई सय ५० मिटर तल कर्णाली नदीमा खसेको छ । मृत्यु हुने चालक र सहचालक हुन सक्ने अनुमान गरिएको छ । ट्क नदीमा खसेका कारणले कागजपत्र भिजेका कारणले पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सभलाई प्रहरीले घटना स्थलवाट निकालेर जिल्ला अस्पतालमा ल्याएको छ ।