विजयी भएर लगतै जन्ताको सेवामा अध्यक्ष आचार्य

जेठ ५,कालिकोट। शुभकालिका गाउँपालिकाका नव निर्वाचित गोविन्द्र आचार्यले बिजयी भएको दुई दिन नवित्दै जनताको लागी उदारणिय कार्य गरेका छन्। निर्वाचित भएपछी सफत खान नपाउदै गाउँपालिकाकी एक गर्भवती महिलालाई पालिकाको गाडिमा उद्धार गरेका छन् ।

अघिल्लो सरकारका पालामा जनप्रतिनिधिले मात्र चढ्दै आएको स्कारपिर्यो गाडी अहिलेको सरकारले विजयी भएर सफत खान नपाउदै सो गाडीमा जन्ताले सेवा पाएका हुन ।
गर्भवती व्याथाले च्यापेर छटपटाएकी शुभकालिका २ निवासी एक गर्भवतीलाई सो गाडीमा राखेर जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको छ ।

पाँच वर्ष सम्म जनप्रतिनिधिले मात्र प्रयोग गरेको गाडिमा वर्तमान सरकाले सुरुमा जन्ताको लागी प्रयोग गरेपछी अहिले चौतर्फी जन्ताको लागी साह्रनिय कामको सुरुवात गरेको भन्दै नव निर्वाचित गोविन्द प्रसाद आचार्य अनिललाई धन्यवाद दिएका छन् ।

शुभकालिका गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चुनावी तालमेल गरिएको थियो । अध्यक्षमा नेकपा माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेसकी धर्मा शाही निर्वाचित भएका हुन । एमाले र नेकपा एकिकृत समाजवादी छुछाछुटै लडेका थिए ।

अधिकांस पालिकामा महंगो मुल्यमा खरिद गरिएका स्कारपिर्यो गाडी प्रमुख र उप प्रमुखहरुले नै प्रयोग गर्दै आइरहेका थिए । जन्ताले गाडी देख्न पाएका थिए तर, चढ्न पाएका थिएनन् ।

उनले भनेका छन, अघिल्लो सरकारले गरेका उदाहरणिय कामहरुको निरन्ताता दिने र नयाँ कामहरुको सुरुवात गर्ने छु । पालिकाको गाडी अव जन्ताको सेवामा दिने छु आवश्यकतामा मात्र जनप्रतिनिधिहरुले प्रयोग गर्ने प्रतिवद्धता गरेका छन ।