संवादमा आउन प्रधानन्यायाधीश जबराको अपिल

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो राजीनामाको माग गर्दै आन्दोलनरत  बार एशोसिएशनलाई संवादका लागि आह्वान गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले संवाद नै अहिले देखिएको गतिरोध  सम्बोधनको उपयुक्त विकल्प भएको उल्लेख गर्नुभएको छ ।

बार एशोसियसनले जबराको राजीनामा बाहेकका विकल्पमा कुनै छलफल नै नगर्ने बताइरहेका बेलामा जबराको विज्ञप्ति सार्वजनिक भएको हो ।

‘न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएका छन् । बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति पढ्नुहोस्ः