दुईदिने महिनावारि स्वच्छता तथा प्याड निर्माण तालिम नरहरिनाथ सम्पन्न

१५ मंसिर, कालीकोट।  दुईदिने महिनावारि स्वच्छता तथा प्याड निर्माण तालिम नरहरिनाथ गाउँपालिकामा सम्पन्न भएको छ । प्लान ईन्टरनेष्नल नेपालको आर्थिक सहयोग किर्डाक नेपालको सहजिकरणमा संच्चालित कर्णाली शिक्षा परियोजा अन्तरगत नरहरिनाथ गाउँपालिका किशोरिलाई २ दिने महिनावारि स्वच्छता तथा प्याड निर्माण तालिम आज सम्पन्न भएको किर्डाक नेपाल कालीकोटका दिपक बटलाले जानकारी दिए।

 नरहरिनाथ गाउँपालिकाका ११ बर्ष भन्दा माथिका किशोरी हरुलाई महिनावारि स्वच्छता सम्बन्धी जानकारी गराउदै प्याड निर्माण तालिम दिईएको हो।