अछाममा बस दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे, १० जना घाइते

१४ मंसिर, अछाम । अछाममा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।अछामको सदरमुकाम मंगलसेनबाट धनगढीका लागि छुटेको ना. ६ ख. ८२९ नम्बरको बस मङ्गलसेन ४ कैलाश खोला नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मङ्गलसेन नगरपालिका –१ कुन्तीका अन्दाजी १८ वर्षका एकेन्द्र थापा र मंगलसैन नगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय टंक भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा घाइते भएकाहरूको धनगढीमा उपचार चलिरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।