
जेठ १०,कालिकोट । नरहरिनाथ गाउपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले म भ्रष्टाचार गर्दिन गर्न पनि दिन्न भन्दै पदभार समालेका छन् ।
बैशाख ३० गते भएकाे स्थानिय तह निर्वाचनमा नेपालिका कांग्रेसका तर्फबाट उम्मेद्वार भई बिजयी भएका बिष्टले कुनै पनि किसिमकाे भ्रष्टाचार नगर्ने बाचा सहित पदभार समालेका छन् । उनले सेवाकाे वरिपरि जनता हाेईन जनताकाे वरिपरि सेवा प्रवाह गर्ने निर्णय समेत गरेका छन् ।
नरहरिनाथ गाउपालिकाका नागरिककाे गुणस्तरीय स्वास्थ्यमा पहुँच पर्याउनका लागि असाय, अपाङ्ग, गरिव, बिपन्न परिवारकाे बिमा गाउपालिकाले गर्दिने निर्णय गरेका छन् ।
त्यतिमात्र हाेईन गाउपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि आधुनिक, सिपमुलक, गुणस्तरीय शिक्षामा जाेड दिई गाउपालिकाभित्र कृषि प्राबिधिक शिक्षालय स्थापना गर्ने निर्णय समेत गरिएकाे छ ।



karnalipress
१० जेष्ठ २०७९, मंगलवार ०६:०४