असार ७ ,कालिकोट । कालिकोट जिल्लामा लागु औषध दुर्वेसनी विरुद्ध सप्ताव्यापि अभियानका रुपमा मनाईने भएको छ । गाजाँ, चरेस लगाएतका लागु औषध प्रयोगकर्तालाई सचेतना दिनका लागि लागु औषध दुर्वसनी विरुद्ध जनचेतना जगाउन कालिकोट जिल्लामा सोमबार देखि जेठ १२ गते सम्म सचेतना मुलक कार्यक्रम गरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारि रामहरि र्शमाको अध्यतामा जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा लागु औषध दुर्वेसनी विरुद्ध सप्ताहाव्यापि रुपमा अभियान चलाईने निर्णय गरिएको छ । जेठ ६ गते बेलुका ७ बजे दिप प्रज्वल गर्ने, जेठ ८ गते लागु औषध दुर्व्यसनी विरुद्ध औषधि बिक्रि भए नभएको अनुगनन गर्ने, जेठ १० गते पन्चदेव मा.विमा जनचेतनना मुलक कार्यक्रम गर्ने, १२ गते बिहान ८ बजे लागु औषध दुर्व्यसनी विरुद्ध जनचेतना जगाउदै जिरो पईन्ट सम्म र्याली गरी सम्पन्न गर्ने निर्णय गरिएको छ ।
लामो समय लागु औषध दुर्वेसनी रोकथामका लागि कमल चलाए वापत दुई जना पत्रकारलाई सम्मान समेत गरिने भएको छ । त्यसको छनोट नेपाल पत्रकार महाँसंघ कालीकोटले गर्ने छ । छनोट आधार लागु औषध दुर्वेसनी रोकथामका लागि समाचार सम्पेशण गरेकोलाई मान्ने भएको छ ।
karnalipress
७ असार २०७९, मंगलवार ०७:०३