निःशुल्क स्वास्थ्य शिविरबाट पाँच हजार बढिले लिए सेवा

चैत्र २७,कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको कुमालगाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पाँच  हजार २ सय २२ जनाले सेवा लिएका छन्।


एक एक पाइला फाउन्डेशन र नरहरिनाथ गाउँपालिका बीचको समन्वय एवंम् सहकार्य साथै सुर्खेत आँखा अस्पतालको आँखा स्वास्थ्य कार्यक्रमका लागी प्राविधिक सहयोगमा निःशुल्क विशेषज्ञ शिविर आयोजना गरिएको थियो।

लामो समयदेखि देशभर सामाजिक सचेतना विस्तार र स्वास्थ्य शिविर आयोजना गर्न सघाउँदै आएको एकएक पाइला फाउन्डेसनको समन्वयमा शिविर आयोजना भएको हो। जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए ।

शिविरमा दाँत रोग सेवा २ सय ३९ जना,भिडियो एक्सरे गरिएका २ सय ४७, हाडजोर्नी समस्याका ६ सय ५४, स्त्रीरोग सम्बन्धिका ३ सय ६७,जनरल मिडिसियन सेवा लिएका १ हजार ४ जना,सामान्य सर्जरी २ सय ५२ जना,इन्डोसकोपी सेवा १६,इसिजि सेवा ३, प्रयोगशाला परिक्षण ३ सय ४३, सादायक्सरे सेवा ८१,बालरोग सेवा २ सय २७ जना छाला रोग सेवा ३ सय २९, नाककानघाटी रोग सेवा ५ सय २४ जना,कानको अप्रेशन २३ ,आँखा रोग सेवा ७ सय ९९जना,आँखाको शल्यलेक्रिया १ सय १ जनागरी जम्म ५ हजार २ सय २२ जनाले सेवा लिएको योगी नरहरिनाथ आधारभूत अस्पतालका प्रमुख डा. शिवनाथ यादवले जनाकारी दिए ।

एक एक पाइला फाउन्डेशनबाट ४५ जनाको टिम सहित निःशुल्क सस्वास्थ्य शिवि सम्पन्न गरिएको छ।