
कालिकोट । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कालिकोट जिल्लाका सञ्चारकमी र मानवअधिकारकर्मी वीच समन्वयात्मक वैठक आज सम्पन्न भएको छ ।
जिल्ला कार्यक्रममा इन्सेक केन्द्रीय कार्यलयका सुना प्याकुरेल र कर्णाली प्रदेश कार्यलयका संयोजक नारायण सुवेदीको उपस्थितिमा आयोजित वैठकमा जिल्लामा कार्यरत क्रियासिल पत्रकार, मानवअधिकारकर्मी, मानवअधिकार समुहका प्रतिनिधिको सहभागिता रहेको थियो ।
वैठकमा नेपाल पत्रकार महासं कालिकोटका अध्यक्ष भरतराज विष्ट,मानवअधिकार रक्षक सञ्जालका संयोजक डिल्ली चौलागाँई,पत्रकार प्रमराज सिम्खाडा, पुष्प भट्टराई,प्रेणा विश्वकर्माले मानवअधिकार रक्षकहर अहिले पनि समाचरकै कारण धम्की खेप्नु परिरहेको वताउनु भयो । साथै उहाहरुले कालिकोटका पत्रकारहरुका एकताको कमि राजनीति आरोपका कारण असुरक्षि रहेको समेत राख्नु भयो ।
बैठकमा इन्सेक प्रदेश कार्यालयका संयोजक सुवेदीले जिल्लामा मानवअधिकार रक्षकहरु एकताकासाथ जानु पर्ने र मानवअधिकारका सवालहरुलाई संयुक्त रुपमा उजागर वकालत गर्नु पर्नेमा सुझाव दिनु भयो । साथै उहाले मानवअधिकार रक्षकहरुमा आइपर्ने समस्या समाधानका लागि इन्सेकले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।



karnalipress
७ मंसिर २०७८, मंगलवार १९:२१