खाँडाचक्रको घटनाबारे अनुसन्धान गरी दोसीलाई कार्बाही गर्न माग

ललित बिष्ट भाद्र ९,कालिकोट। जिल्लाको खाडाचक्र नगरपालिका वडा नं ६ दाहाको गोराल बाडामा १६ बर्षिय बालिकाको शव मकैवारिमा भेटिएको घटनाको अनुसन्धान गरी दोसीलाई कार्बाही गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन क्रान्तिकारीले माग गरीएको छ।

बुवा रत्ने नेपालीको   १६ बर्षिया छोरी निरु विश्वकर्माको शव  गएको भाद्र ७ गते आफ्नै घर नजिक मकैबारीमा फेला परेको थियो। जुन घटना बलात्कार पछि हत्या भएको आशंका गरिएको हुदा घटनामा संलग्न दोसीलाई कार्बाहीको माग प्रेस बिज्ञाप्ति मार्फत गरीएको हो।

यो पनि पढ्नु होस्

खाँडाचक्रमा १६ बर्षिय बालिकाकाे शव मकैवारिमा भेटिए पछी