करिडोर सुधार हुने,सडक अतिक्रमण नगर्न प्रशासनको सुझाव

माघ २६,कालिकोट जिल्ला प्रशासन कार्यालय कालीकोट लगाएतको सरोकारवालाले सडक अतिक्रमण नगर्न सुझाव दिएका छन । कर्णाली करिडोर आसपासमा स्थानीयले घर टहरा लगाएर सडक क्षेत्र अतिक्रमण गर्न सुरु गरेपछि प्रशासनले सडक अतिक्रमण नगर्न अतिक्रमित क्षेत्रमै पुगेर सुझाव दिएको छ ।

सोमवार प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा नेतृत्वको टोलीले करिडोरको कालीकोट खण्डको अनुगमन गदै अतिक्रमित सडक तत्काल छोड्न र वाँकी वनाउ थालिएका घर टहरा पनि नवनाउन सुझाव दिएको हो । टोलीमा सडक डिभिजन कार्यालय सिम्कोट हिल्साका कर्मचारी निमार्ण कम्पनीका प्रतिनिधि, जिल्लाका पत्रकार र अन्य सरोकारवाला सहभागी रहेका थिए ।

करिडोरको लालीघाट, खुलालु, रेगिल, सान्नीघाट, भुरावगर, जारकोट लगाएतका स-साना वजारमा सडक अतिक्रमण गरेर स्थानीयले घर टहरा वनाएर ब्यवसाय सुरु गरिरहेका छन । तर प्रशासनले भने सडकको जमिनमा अतिक्रमण नगर्न सुझाव दिदै समयमै सडकको जग्गा खुला छोडे निमार्णमा अवरोध नहुने भनेको छ ।

तत्काल सडक थप सुधार गर्नु पर्ने भएकाले स्थानीयले लगानी गरेको खेर जाने भन्दै सडकको जमिन भन्दा वाहिर मात्र घर टहरा वनाएर आफ्नो ब्यवसाय सुरु गर्न भनेको हो । प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले सडक निमार्णमा अवरोध हुने गरी लगाईएका टहरा हटाउन सुझाव दिदै आफै समयमा नहटाएमा प्रशासनले वलप्रयोग गर्ने बताए । नले भन्ने,सडक फराकिलो वनाउन ठेक्का भईसकेकाले निमार्णमा अवरोध नगर्न स्थानीयलाई राम्रो संग सुझाव दिएको छु ।

सडक डिभिजन कार्यालय सिम्कोट हिल्साले पनि तत्काल कामसुरु हुने भएकाले सडकमा लगाएका घर टहरा खाली गरिदिन स्थानीयलाई भनेको छ । कार्यालयले जिल्लाका सबै सरोकारवालाहरुलाई लिएर सयुक्त रुपमा आग्रह गरेको हो । कालीकोट खण्ड सुधारका लागि दुई वटा ठेक्का भएको र काम गर्न निमार्ण ब्यवसायी निमार्ण स्थलमा आईसकेकाले सडकको क्षेत्र खाली गराउनु परेको कार्यालयको भनाई छ ।