खाँडाचक्रमा १६ बर्षिय बालिकाकाे शव मकैवारिमा भेटिए पछी

ललित बिष्ट भाद्र ८,कालिकोट।  जिल्लाको खाडाचक्र नगरपालिका वडा नं ६ दाहाको गोराल बाडामा १६ बर्षिय बालिकाकाे शव मकैवारिमा भेटिएकाे छ।बुवा रत्ने बिश्वकर्माको   १६ बर्षिया छोरी निरु बिश्वकर्माको लास सोमवार मकैवारिमा फेला परेको हो।जुन घटना बलात्कार पछि हत्या भएकाे आशंका गरिएकाे प्रहरीले जनाएको छ ।

गत ४ गते मन्दिर जान्छु भनी निस्किएकी बालिका ७ गते आफ्नै घर नजिक मकैबारीमा आधा शरीर  जंगली जनावरले खाएर हड्डि मात्रै बाकी भएको अबस्थामा शव भेटिएको थियो।

बालिका हराएको सूचना परिवारले नदिएको र अरुबाट सुचना पाउनसाथ अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल कालिकोट लगेको प्रहरीले जनाएको छ।प्रहरी निरीक्षक भुपेन्द्र शाहीको नेतित्वमा अनुसन्धानको लागि प्रहरी टोली घटना स्थल गएको बताईएको छ।