
असार १५ ,कालिकोट। १९ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरि कालिकोटमा पनि मनाइयको छ । यो वर्ष ‘धान बालि जैविक विविधता उपयोग आयात प्रतिस्ठापनमा सहयोग’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो ।
दिवसको अवसरमा कालिकोटको मान्म लगाएत कालिकोट जिल्लाका ९ वटै स्थानियतह तथा जिल्लाका ८२ वटा वडामा रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको जिल्ला कृषि बिकास कार्यालय कालिकोटका अधिकृत चन्द्र बहादु शाहीले बताए ।
जिल्ला कृषि बिकास कार्यालय कालिकोट,खाँडाचक्र नगरपालिका कृषि शाखाको,आयोजनामा मान्मको ताडिमा भएको रोपाई कार्यक्रममा खाँडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर शाही र कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले धान रोपेर धान रोपाइँको शुभारम्भ गरेका थिए । केही रोपाहार र बाउसे तथ स्थानीय सर्वासाधारणले हिलो खेलेर धान दिवस भब्यरुपमा मनाएका छन् ।
आजको दिनलाई चिउरा खाने तथा रोपाइ महोत्सवको अवसरमा लिने गरेकाले पहिले जस्तै नगरपालिकाले यस वर्षमा पनि दिवस खुसिका साथ मनाएको खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख पशुराम काफ्लेले बताए । कार्यक्रममा सहगाभि नगर प्रमुख कमल बहादुर शाहीले धान खेती एउटा महत्वपुर्ण खेती भएकाले यसलाई पनि अब कृषि बिज्ञको सल्लाह बमोजिम खेती गर्नु पर्ने बताउदै अबका दिनमा आफ्नो नगरपालिकामा धानमा आत्मनिर्भर हुने , किसानको जिविको पार्जन हुने किसिमका कार्यक्रम संचालन गर्ने बताए ।
कार्यक्रममा सहभागि समेत रहेका कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले नेपाल एउटा कृषि प्रदान देश भएकाले अहिले सम्म विदेशी कृषि बस्तुहरु नेपालमा भित्रिनु एउटा दुखको कुरा भएको बताउदै कर्णालीको मार्सिधानको नेपाल भरी चर्चा भएकाले यसको बृद्धि बिकास र धानमा आत्म निर्भरको लागि केन्द्र सरकार,प्रदेश सरकार, स्थानिए सरकार गरी तिनै तहका सरकारहरु जिम्वार भएर लाग्नु पर्ने बताए । कालिकोटमा अहिले सम्म २० प्रतिसत रोपाइ सकिएको र साउन पहिलो हप्ता सम्म पुरै रोपाइ सकिने अनुमान गरीएको जिल्ला कृषि बिकास कार्यालय कालिकोटले जनाएको छ ।
karnalipress
१५ असार २०७९, बुधबार १७:३८