
साउन ३१,कालिकोट । गुणस्तरीय शिक्षाको लागि शिक्षकहरुलाई एकीकृत तालिम दिईएको छ। दुई पालिकामा रहेका प्राथमिक तहमा अध्यापन गराउने शिक्षकलाई तालिम दिएको हो।
आधारभूततह कक्षा १ देखि ३ सम्म अग्रेजी,गणित,नेपालीलगाएत स्थानीय तहमा बनेको पाठयक्रम सहित ५ वटा विषयहरुलाई एकीकृत रुपमा कसरी शिक्षण गराउने,पाठ्यक्रम,पाठ्यपुस्तक र शिक्षाको निर्देशिकालाई एकीकृतगरी गुणस्तरिय शिक्षा प्रदानगर्ने तालिमको मुख्य उद्देश्य रहेको सहयात्रा परियोजना संयोजक तथा प्रशिक्षक कृपराज जोशीले बताए ।
उनले भने ‘पाठ्यक्रम,विद्यार्थी कार्यपुस्तक र शिक्षक निर्देशिकाको अन्तर सम्वन्ध तथा प्रयोगका बारेमा सहभागिहरु स्पष्ट भएका छन् । गुणस्तरिय शिक्षा लिन र दिनकालागि आवश्यकता पर्ने विभिन्न ज्ञान सिपहरु तालिममा सिकाइएको उनले बताए ।’
कालिकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाका २५ जना शिक्षकहरुलाई एकिकृत पाठ्यक्रममा आधारित एकीकृत तालिम दिइएको छ ।
एकिकृत पाठ्यक्रम संरचना,विशेषता,राष्टिय उद्येश्य,तहगत सक्षमता,विषयगत सिकाई उपलब्धी तथा अवधारणा २०७६ सम्वन्धि सहजिकरण गरिएको तालिमका अर्का प्रशिक्षक बलिराम चौधरीले बताए । उनका अनुसार अग्रेजी,गणित,नेपाली र हाम्रो सेरोफेरो तथा स्थानीयतहमा बनेको पाठयक्रम सहित ५ वटा विषयहरु माथि शिक्षक तथा विद्यार्थीहरुलाई सहजताहुने किसीमको वातावरण बोली चालि सहित समुदाय स्तरमा गुणस्तरिय शिक्षा प्रदान गराउनकै लागि तालिम दिएको र तालिमका सहभागिहरुले सिप हासिल गरेको बताएका छन् ।
सहभागीले शैक्षिक सत्रको शुरुमा यस्ता तालिम हुनुपर्ने बताएका छन्। ‘शिक्षकको क्षमता बिकास गर्न यस्ता खाले तालिमलाई निरन्तरता दिनुपर्ने छ । पहिलाका अनुभव त थिय तर यो तालिममा केही नयाँ कुरा सिकेको शिक्षक संर्पलाल बोहोराले बताए ।
दस्तावेजिकरण,प्रतिवेदन अधिकृत सवि राईले आधारभुततह (कक्षा १ देखि ३) को एकिकृत पाठयक्रम,सन्दर्भ सामग्री बहुविषयक र अन्तर बिषयक एकिकरणका बारेमा तालिम दिनु उपलब्धीमुलक रहेको बताइन् । तालिममा दिएका विभिन्न विषय बस्तुहरुको महत्व तेतिकै छ तर पनी शिक्षकहरुलाई पहिलो पटक एकिकृत पाठ्यक्रममा आधारित शिक्षक तालिम दिदा सहभागि शिक्षकहरुले ठुलो उपलव्धी हासिल गरेको राईले बताएन् ।
किर्डाक नेपाल कालिकोटको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा संचालित सहयात्रा परियोजना(दोस्रो)को समन्वयमा तालिम दिइएको हो । कार्यक्रममा किर्डाक नेपाल कालिकोटका संयोजक तुलाराम पाण्डेले कालिकोट जिल्लाको अहिले समस्या भनकै सिकाई उपलव्धि रहेको हुदा एकीकृत पाठ्यक्रममा आधारित तालिमले केही सुधार हुने बताए ।
शिक्षा बिकास तथा समन्वय ईकाइका अधिकृत प्रकाशचन्द धितालले शिक्षा क्षेत्रमा कालिकोट जिल्लामा सिकाईको लागि पहिलो संस्था किर्डाक रहेको बताए । उनले भने ‘बालबालिकाको मनोबिज्ञान बुझेर पठनपाठन गर्न कुनैपनि तालिम नभएको बताउदै धितालले एकीकृत पाठ्यक्रम के हो भन्ने कुरा थाहा नभएको हुदा स्थानीय शिक्षकहरुमा समस्या रहेको बताए । उनले खासगरी शिक्षक आफैबाट सुधार गर्नपर्ने बताएका छन् ।’
शिक्षक कल्पना शाहीले १० दिनको तालिले धेरैकुरा सिकेको बताईन । उनले भनिन ‘परम्परागत शैलिबाट,पुरानै पाठ्यक्रम अनुसार पढाउदै आएका थियौ । नयाँ पाठ्यक्रम आईसके पछी यस्ता खाले तालिम लिएका थियनौ तर यस पटकको तालिमले पहिला भन्दा अहिले धेरै कुराको ज्ञानको दिएको छ ।’ तालिममा सहभागी २५ जना शिक्षकहरुलेनै तालिम महत्तपूर्ण रहेको बताएका छन् ।




karnalipress
३१ श्रावण २०७९, मंगलवार १८:५०