
असार १५ ,कालिकोट। महावै गाउँपालिकाद्वारा धान दिवस तथा रोपाईं महोत्सव मनाईएको छ। बुधबार धानबालीमा जैविक विविधताको उपयोग,आयात प्रतिस्थापनमा सहयोग’ मुल नाराका साथ रोपाइँ गरि १९औं धान दिवस तथा रोपाईं महोत्सव मनाईएको हो।
रोपाइँ महोत्सव गाउँपालिका जनप्रतिनिधी,कर्मचारी स्थानीयको सहभागीता रहेको थियोे ।असार १५ ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस तथा रोपाईं महोत्सव मनाईएको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले बताए।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ ।
karnalipress
१५ असार २०७९, बुधबार २०:०३