नैतिक रुपमा पतन नै एमाले कर्णालीको अध्यक्ष उम्मेदवार !

सुर्खेत  । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा नैतिक रुपमा पतन देखिएका व्यक्ति नै उम्मेदवार बनेका छन् । एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले नैतिक पतन देखिएका व्यक्तिलाई नै अध्यक्षको उम्मेदवार बनाएका छन् ।

गुलाबजंग शाह एमालेका कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक रहेको बेला आफ्नै पार्टीकी जिल्ला कमिटी सदस्यसँग सँगै सुतेर रोमान्स गरेको भिडियो भाइरल बनेको थियो । उक्त भिडिओ यतिबेला पुनः सामाजिक संजालमा भाइरल भइरहेको छ।

एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्टमा अपलोड भएर स्कृन रेकर्ड देखिने उक्त भिडियोमा शाह र वली एउटै ओछ्यानमा सँगै सुतेर रोमान्स गरेको देखिन्छ । भिडियोमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा शाहका गला समाउँदै वलीले अभिनय गरेकी छिन् ।

टिकटक भिडियोमा १२ सेकेन्टसम्म अभिनय गरेको देखिन्छ । तर भिडियोलाइ तीनपटक जोडेर ३५ सेकेन्ट बनाइएको छ । जुन समाजिक संजालमा भाइरल छ । उक्त भिडियो भाइरल बनेपछि शाहमाथि गम्भीर रुपमा नैतिक प्रश्नहरु उठन् थालेका छन् ।

पार्टीको पोलिटब्यूरो सदस्य समेत रहेका विभादित छवि बनाएका सल्यानका गुलावजंग शाहलाई कँडेलले बोकेर हिँडेका छन् । केही समय अगाडी अध्यक्ष उम्मेदवार शाहको महिलासँगको रोमान्टिस भिडिओ बाहिरएको थियो ।

नैतिक रुपमा पतन देखिएर डुङडुङग्दी गन्ध आएका शाहलाई स्थायी कमिटी सदस्य यामलाल कँडेलले बोकेर हिँडेका हुन् । उनको त्यो अश्रिलन भिडिओ यतिबेला पुनः सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यस्तै, कर्णाली प्रदेशको तत्कालिन माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई अविश्वासको प्रस्ताव दर्ता गराउनेको यामलालको मूख्य योजनामा पनि शाह रहेका थिए।

यती मात्रै हैन्। शाहलाई गत सालको २०७९ प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभाको टिकट बेचेको पनि आरोप लाग्ने गरेको छ ।

उनले राप्रपा नेपालका राजेन्द्र वीर रायलाई एमालेमा ल्याएर बार्गेनिङ गरेर टिकट दिएका थिए । रायले उक्त चुनावमा नराम्रोसँग हार व्यहोरेका थिए । कारण गुलावजंग शाह नै रहेको रायको आरोप छ । हाल रायले एमाले पार्टी छोडिसकेका छन् ।