एमसीसीविरुद्ध नेमकिपाको कालीकोटमा खबरदारी

१६ पुस,कालीकोट  अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेपाल मजदूर किसान पार्टीले संसदमा पेश समेत नगर्न सरकार र सांसदहरुलाई दवाव दिँदै खबरदारी सभा गरेको छ ।शुक्रबार मान्मको नरहरीनाथ चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेश नगर्न दवाव दिँदै खबरदारी सभा गरेको हो ।

पार्टीको निर्देशनमा देशब्यापी अभियान चलेको र कालीकोटमा पनि त्यसैको आधारमा बिरोध सभा गरेको नेपालमजदुर किसान पार्टीले जनाएको छ । सभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य नन्दवहादुर शाहीले एमसीसी सम्झौंता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन आफ्नो पाटीले सांसदहरुलाई अपिल गरे  । उनले सो सम्झौंता खारेज नभएसम्म आफ्नो पार्टीले आन्दोलन जारी राख्ने चेतावनी दिए ।

एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दावी नेपाल मजदुर किसान पार्टीको छ ।सभामा शिक्षक नेता नरदिप शाही पार्टीका जिल्ला अध्यक्ष खड्कराज शाही लगाएतका नेताले एमसीसी सम्झौंता गरेर देशलाई घात गर्नेहरुलाई सबैले चिन्नुपर्ने धारणा राख्दै

‘देश घात गर्ने एमसीसी सम्झौंता गर्ने शासकहरुलाई चिन्नुपर्छ  र ती दलका इमान्दार सांसदहरुलाई हामी भन्न चाहन्छौं–यो संसदमा पेश गर्न नदिनु होला । र यसलाई पास गर्नु हुन्न । यसलाई कार्यान्वयन गर्नु हुन्न ।’ एमसीसीलाई श्रीलंकाले जसरी राष्ट्रिय सुरक्षामा खतरा हुने भन्ने निष्कर्ष निकालेर खारेज गर्यो त्यसरी नै नेपालले पनि खारेज गर्नु पर्ने नेककिपाको अडान छ ।