कर्णाली करिडोरमा मनपरि भाडा नागरिक मर्कामा

मान्म २० कार्तिक। कर्णाली करिडोरको जिते देखि हुम्लाको सल्लीसल्ला सम्मको सडक खण्डमा यात्रागर्ने हरेक नागरिकबाट मनपरि भाडा लिने गरेको पाईएकाे छ।यातायात व्यावसाहि र चालककाे मिलेमतोमा मनपरि भाडा उठाउने गरेको पाईएकाे हाे।

बिहीबार पचालझरना गाउँपालिकाकाे फुगाडबाट जिते सम्मकाे प्रत्यक बाट ५०० का दरले मनपरि भाडा उठाउने र नदिए नलग्ने गरेको पचालझरना निवासी भिमप्रसाद आचार्यले बताए ।

उनका अनुसार गाडी नं.काे.१ ज ३५२७ र मे १ ज ३२४१ नम्बरका गाडिले मनपरि भाडा उठाउने र गाडीमा सवार सानाठूला सबै बाट ५०० देखि ७००सम्म  लग्ने गरेका हुन्।

यस्तै पत्रकार नमराज न्याैपानेका अनुसार आफू पनि त्यही दिन जिते आउदा भाडा ५०० माग्दा आफुले टिकट चाहिन्छ जनतालाई सास्ती दिने लुट मचाउने तिमिहरुकाे ठिक पार्छु भने पछि २५० भाडा तिरेको बताए ।

बाटोमा रहेको सान्तिघाट टार्फिक प्रहरीका ईन्द बहादुर  वाेहाेराका अनुसार  धेरै भाडा लेनि गाडिलाई पाँच हजार जरिवाना काट्ने गरेको तर यस्तो कुरा आफुकहाँ कसैले नपुगाउने गरेको बताए । चाडपर्वकाे बेला प्रहरीले पनि बेवास्ता गरेको देखिन्छ ।

केही यात्रु बाटोमा झारेर पुल बाट हिडन लगाउछन , ट्राफिक कार्यलय कटे पछि सवारीमा फेरि क्षमता भन्दा बडि यात्रु राख्ने भाडा मनपरि उठाउने गरेको यात्रीहरुको गुनासो रहेको छ ।जिल्ला प्रशासन कार्यालय कालिकोटले जिते देखि घाटा चाैर सम्मकाे ४३४रुपैया भाडादर कायम गरेको छ।