साउन २२ कालिकोट । कालिकोट जिल्ला महावै गाउँपालिको केन्द्र पादमघाटमा राष्ट्रिय प्रसारण लाईनको बत्ति बलेको छ।
कर्णाली राजर्मागमा पुगेको लाईन गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह(भिजन)को पहलमा पोल र लाईन बिस्तार गरि पादमघाटमा बत्ति बाल्न सफल भएको हो।
स्थानीय उत्पादनको भ्याकुने गाड लघु जल बिद्युतको बत्ति संचालन भईरहेको भएपनि राष्ट्रिय प्रसारण लाईन बिस्तारै महावै गाउँपालिकाका १ देखि ७ वटा वडा सम्म विस्तार गर्ने अध्यक्ष सिंहले बताए।
उनका अनुसार राष्ट्रिय प्रसारणको लाईन पादमघाटमा पुग्दा अब बिद्युतिय माध्यम मार्फत हुने कामहरू गाउँपालिका केन्द्रबाटै सेवा दिन सकिने बताए।
karnalipress
२२ श्रावण २०७९, आईतवार १५:४५