कमल भट्टराई/सुर्खेत,एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामा राज्यको लगानी वृद्धि गर्ने र निःशुल्क शिक्षाको लागि आवश्यक नीति तर्जुमा गर्न पहल गर्नेसहित स्ववियु निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकायको उपस्थितिमा प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो
सोमबार मध्यपश्चिम बिश्वबिद्धालयको स्कुल अफ ल को सभाहलमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले भाद्र २८ गते हुन गइरहेको स्ववियु निर्वाचन केन्द्रीत घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा तालाबन्दी संस्कारको अत्य गर्ने,नियमति कक्षा संचालन,परिक्षा र नतिजा समयमै आउने बाताबरण निर्माण गर्न प्रभावकारी शैक्षिक क्यालेन्डरका लागि पहल गर्ने,विश्वविद्यालयको सेवा प्रवाह लाई डिजिटल प्रविधि मार्फत सुचना जानकारी लिन र नतिजा हेर्नका लागि online based हरेक बिद्यार्थीहरुको student तयारि गरि एकद्वार प्रणालीबाट लिन सकिने व्यवस्था गर्ने,पुस्तकालय,ई-पुस्तकालय,ल्याब,स्वच्छ पिउने पानी,सफा शौचालयको व्यवस्था गर्ने,खोज अनुसन्धानका पहल गर्ने,छात्राहरुको स्वास्थ्य लाई मध्यनजर गदै vending मेसिन बाट सेनेटरि प्याट वितरणका लागि पहल गर्ने,दक्ष जनशक्ति आपूर्तिका लागि सेवा आयोग मार्फत प्रध्यापक तथा कर्मचारी नियुक्ति गर्न पहल गर्ने,विश्वविद्यालयका शैक्षिक,नितिगत तथा प्रशासनिक कार्यहरु लाई कानुनी र व्यवहारिक तवरले पारदर्शी जवाफदेही बनाउदै संस्थागत सुशासन कायम गर्ने,ईन्जिनियरिङ क्याम्पसको यातायात सुविधा लाई सहुलियत सुविधा सम्पन्न बनाउने,विश्वविद्यालयका संरचना लाई प्रविधि मैत्री र अपाङ्गमैत्री बनाउने,स्ववियु संस्थालाई विद्यार्थीका समस्या समाधान गर्ने,बहस र छलफल गर्ने थलोका रुपमा विकास गर्ने,विरेन्द्रनगर भन्दा बाहिर बाट अध्ययनका लागि आउने विद्यार्थीहरुका लागि छात्र/छात्रावासको व्यवस्था गर्ने,विद्यार्थीको सर्वाङगिण विकासका लागि खेलकुद,शैक्षिक भ्रमण,अध्ययन अवलोकनका लागि पहल गर्ने,लगायतका लोकप्रिय कार्यक्रम सहित घोषणापत्र सार्वजनिक गरिएको छ।
त्यस्तै छात्रवृत्ति कार्यक्रमलाई वृद्धि गर्न पहल गर्ने, लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न छात्रवृत्ति प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन पहल गर्ने पनि घोषणा पत्रमा समावेश गरिएको छ । विश्वविद्यालयको अनिवार्य रूपमा शैक्षिक क्यालेन्डर निर्माण गर्न र शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक कार्यक्रम लागु गर्न पहल गर्ने, विश्वविद्यालयलाई प्रविधि मैत्री बनाउन पहल गर्ने लगाएतका बिषय उल्लेख गरिएको अनेरास्ववियुका महासचिव नरेश रोकायले जानकारि दिए।
त्यस्तै अनेरास्ववियुले विश्वविद्यालय तथा क्याम्पसहरुलाई बन्दरहित सम्मानित क्षेत्रका रुपमा विकास गर्न तालाबन्दी, तोडफोड, आगजनी जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने प्रतिवद्धता जनाएको छ । विश्वविद्यालय जस्तो पवित्र ठाउँमा हुने गुन्डागर्दी आक्रमण तथा दुर्व्यवहारको विपक्षमा रहने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने जनाएको छ ।
karnalipress
२४ भाद्र २०८१, सोमबार १५:१८