गर्भवतीलाई निःशुल्क यातायात सेवा

जेठ,९ कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाले गर्भवती र प्रसूतिलाई निःशुल्क यातायात सेवा दिने पहिलो निर्णय गरेको छ ।

नगरपालिका प्रमुख कमल शाही र उपप्रमुख गणेशबहादुर शाहीले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन् । उक्त निर्णयसँगै नगरपालिकाले आजैबाट बजार क्षेत्रको फोहोरलाई व्यवस्थापनमा जोड दिने निर्णय समेत गरेका छन्  ।