बाढी पहिरोवाट सान्नी त्रिवेणी गाउँपालिकाका ४२ घर पुर्ण रुपमा क्षति ।।

कालिकोट: असोज १९ गतेवाट आएको लगातारको अविरल वर्षाका कारण विभिन्न ठाउँमा गएको वाढि पहिरोले सान्नी त्रिवेणी गाउँपालिकाका ४२ घरमा पुर्ण रुपले क्षति गरेको छ । वडा नं. १ दखि वडा नं. ९ का विभिन्न ठाउँमा गएको पहिरोका कारण ४२ घरमा पुर्ण रुपमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो ।

यस्तै ४५ वटा घरहरुमा आंिशक क्षति पुगेको छ । गाउँपालिका भरिका १ सय ३० घरहरु उच्च जोखिममा रहेको पनि अध्यक्ष केसीले बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकाका ६२ वटा घरहरु स्थानान्तरण गर्नु पर्ने र यसका लागि संघ र प्रदेस सरकारमा विवरण पठाईसकेको उहाँले बताउनु भयो ।

वाढि पहिरोवाट प्रभावितहरुको राहतको लागि विभिन्न निकायसँग समन्वय र सहकार्य भईरहेको अध्यक्ष केसीले बताउनु भयो । उहाँले भन्नुभयो विगतको जस्तो वास्तविक वाढि पशिरो पीडीत छुट्दैनन् । सत्य तथ्य र पारदर्शिरुपमा स्थलगत अनुगमन गरेर तथ्यांक संकलन गरि राहत वितरण गरिने छ । विभन्न निकायवाट प्राप्त राहत सहयोगर्ला गाउँपालिकाले एकद्वार प्रणलीवाट वितरण गर्ने बताउनु भयो ।