
९ पुष,मान्म। जिल्लाको तिलागुफा नगरपालिका वडा नं– ८ ओखरभिटालाई अनिवार्य निशुल्क तथा आधाभूत शिक्षा सुनिश्चत र हिंसा निषेधित वडा घोषणा गरीएको छ ।
तिलागुफा नगरपालिका वडा नं– ८ वासीहरुको एउटै ईच्छा गुणस्तरीय बालबिकासकालागी हिंसा रहित अविभावकत्व र अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा लागु भएको वडा घोषणा गर्न सबै अविभावक प्रतिवद्ध भएपछि घोषणा गरीएको हो।
तिलागुफा वडा नं– ८ को आयोजना, किर्डाक नेपाल,सेभ द चिल्डेनको सहयोग र तिलागुफा नगरपालिकाको समन्वयमा वडा नं ८ ओखरभिटालाई अनिवार्य निशुल्क तथा आधाभुत शिक्षा सुनिश्चत र हिंसा निसेधित वडा घोषणा गरीएको हो ।
कार्यक्रममा तिलागुफा नगरपालिका वडा नं– ८ का वडा अध्यक्ष तिलक न्यौपानेको अध्यक्षता र समाज कल्याण परीषधका सदस्य तथा किर्डाक नेपालका कार्यकारी निर्देशक गोबिन्द्र बहादुर शाहीको बिशेष आथित्यतामा स्थानियवासी,बालबालिका, किशोर,किशोरी,पत्रकारलगाएतको सहभागीता रहेको थियो।



karnalipress
९ पुष २०७८, शुक्रबार २१:१५