
असाेज १२,कालिकोट। नेपाली कांग्रेस कालिकोटकाे प्रदेश नम्बर(क) र प्रदेश नम्बर (ख)काे प्रदेश अधिवेशन उद्घाटन भएको छ ।नेपाल कांग्रेस निर्वाचन क्षेत्र नम्बर(क)का सभापति शंकरप्रसाद उपाध्यायको अध्यक्षता, महासमिति सदस्य तथा तरूण दलका महासचिव भुपेन्दजंग शाहीको प्रमुख आतिथ्यता, महासमिति सदस्य टेकराज शाहीको विशेष आतिथ्यतामा मान्ममा प्रदेश नम्बर(क)काे उद्घाटन गरिएको हो।
यस्तै प्रदेश नम्बर(ख)मा सभापति दमनबहादुर शाहीको अध्यक्षता, जिल्ला सभापति हर्षबहादुर बमको प्रमुख आतिथ्यता नेता नारायण भट्टराईको विषेश आतिथ्यतामा रास्कोटमा प्रदेश(ख)काे अधिवेशन उद्घाटन गरिएको छ।
दुवै प्रदेको सभापतिमा सर्वसहमतीमै नेतृत्व चयन गर्ने जनाएको छ। प्रदेश (क) मा संस्थापन पक्षधार नन्दबहादुर सिंह र पौडेल समुहका नन्दबहादुर शाही (घमन)को दावि रहेको जनाएको छ।
यस्तै प्रदेश (ख) मा पौडेल सिटौला समुहबाट अशोकनाथ योगि र तुलाराज बमको दावि रहेको छ।भने, संस्थापन पक्षधरबाट दानबहादुर बमको सभापतिमा उम्मेदवारको दावि रहेको नेपाली कांग्रेसका नेता सन्तोष मल्लले कर्णाली प्रेसलाई जानकारी दिए।




karnalipress
१२ आश्विन २०७८, मंगलवार १८:३९